एनएमबि बैंकका ग्राहकलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चाडपर्वको अवसर पारेर ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्धेश्यले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग सहकार्य गरेको छ ।

सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकले याडिया ब्राण्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआरमार्फत भुक्तानी गर्दा रु ५ हजारको छुट प्राप्त गर्न सकिनेछ ।

सो छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शोरुममा उपलब्ध हुनेछ ।  यो छुट चाडपर्वको समयमा मात्र लागु हुने कम्पनीले जनाएको छ । यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ ।

छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नुअघि शोरुमलाई जानकारी गराउनुपर्ने, एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवर्द्वनमा टेवा पुग्ने विश्वास लिएको छ ।

साथै, बैंकले नगदरहित कारोबारलाई प्रवर्द्वन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ । बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत आफ्ना ग्राहकलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.