युरोपेली बजारमा विस्तार गरिदै फोर्थिङको ‘फ्राइडे’

म्युनिख । चिनियाँ अटोमेकर फोर्थिङले युरोपेली मुलुकमा ‘फ्राइडे’ विस्तार गर्ने भएको छ । नेपाली बजारमा सफल प्रक्षेपणपश्चात् जर्मन मञ्चबाट युरोपका बजारमा विस्तार गर्ने औपचारिक रुपमा कम्पनीले घोषणा गरेको हो ।

‘२०२५ म्युनिख अटो शो’ का हलहरू विद्युतीय उत्साहले गुञ्जायमान बनेका छन् । यस अभियानको नेतृत्व फोर्थिङ फ्राइडेले गरेको छ । नेपालमा समेत आफ्नै विलासीपन, दूरी कभरेज र मूल्यको अद्वितीय संयोजनले ग्राहकको मन जित्दै आएको छ ।

फ्राइडे युरोपेली इभी प्रेमीका लागि प्रत्यक्ष र आकर्षक विकल्प बन्ने लक्ष्यसहित ल्याइएको हो । जसमा स्थापित प्रिमियम ब्राण्डसँग टक्कर दिने विशेषताहरू समावेश गरिएको छ । अद्वितीय प्राविधिक क्षमता नै फ्राइडेलाई विशिष्ट बनाउनु हो । यसले आफ्नो सेग्मेन्टमै सबैभन्दा ठूला ब्याट्री प्याकमध्ये एक बोकेको हुँदा लामो यात्रामा समेत सहजै पुग्ने अद्वितीय ड्राइभिङ रेन्ज दिन्छ ।

यसलाई थप उत्कृष्ट बनाउन आरामलाई प्राथमिकता दिइएको इन्टेरियर छ । प्रिमियम मसाज सिट समावेश रहेकाले क्याबिनलाई पहिल्यै श्रेणीको लाउन्जमा रूपान्तरण गर्दछ । आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र लामो दूरीको सहजतालाई केन्द्रबिन्दु बनाएको फ्राइडेले युरोपेली बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रतिष्पर्धात्मक युरोपेली बजारमा प्रवेश गर्दै फोर्थिङले आफूलाई विश्वस्तरीय खेलाडीका रूपमा स्थापित गर्ने सन्देश दिएको छ । आधुनिक इभी चालकका लागि स्टाइलिश, आरामदायी र व्यवहारिक नयाँ विकल्प प्रस्तुत गर्दछ ।

You might also like

Comments are closed.