सामसङले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ स्मार्टफोनको मूल्य घटाउँदै

काठमाडौं । सामसङ नेपालले दशैँको अवसरमा आफ्ना ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभ मूल्यमा उपलब्ध गराइरहेको छ ।

नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर दशैँपर्व मनाउन सकिनेछ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्ने बताए ।

ग्राहकले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ‘ग्यालेक्सी ए’ को क्षमता पत्ता लगाउने र ५० हजारसम्मको क्यासबेक पाउन सक्नेछन् ।

मोडेल अघिल्लो मूल्य नयाँ मूल्य क्यासबेक
जी फोल्ड६ (१२+५१२ जीबी) २,२९,९९९ १,७९,९९९ ५०,०००
जी फोल्ड६ (१२+२५६ जीबी) २,१४,९९९ १,६४,९९९ ५०,०००
जी फ्लिप६ (१२+२५६ जीबी) १,३९,९९९ ९९,९९९ ४०,०००

यसको अतिरिक्त नेपालभरिका प्रमाणित सामसङ स्टोरमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू शुन्य प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सकिनेछ ।

यसमा पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ । बिना झण्झट नागरिकताको प्रमाण पत्रको आधारमा पाउन सकिने जनाइएको छ ।

You might also like

Comments are closed.