शाओमी मोबाइल खरिद गर्ने ग्राहकलाई ५० लाखसम्मको उपहार

काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले नेपालको उपभोक्तालाई लक्षित गर्दै निकै आकर्षक दसैँ स्किम घोषणा गरेको छ ।यस योजनामार्फत ग्राहकले ५० लाख रुपैयाँसम्मको आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

सेप्टेम्बर २१ (असोज ५) देखि सुरु भएको यो क्याम्पेन अन्तर्गत दैनिक र साप्ताहिक ‘लक्की ड्र’ मार्फत प्रिमियम शाओमी उत्पादनहरू उपहारस्वरूप पाउने व्यवस्था गरिएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले यो ‘ग्राण्ड दसैँ स्किम’ मार्फत उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहेको बताए ।

ग्राहकले कुनै पनि शाओमी मोबाइल खरिद गर्दा साप्ताहिक बम्पर लक्की ड्र मार्फत शाओमी १५ अल्ट्रा (प्रत्येक सातामा १ विजेता), साप्ताहिक लक्की ड्र अन्तर्गत शाओमी प्याड ७ (प्रत्येक सातामा १ विजेता), दैनिक लक्की ड्र मार्फत रेडमी प्याड २ (प्रत्येक दिन १ विजेता), रेडमी बड्स ५ए (प्रत्येक दिन ३० विजेता), रेडमी वाच ५ एक्टिभ (प्रत्येक दिन १० विजेता) प्राप्त गर्नेछन् ।

यस योजनामा सहभागी हुन ग्राहकले कुनै पनि शाओमी मोबाइल अधिकृत बिक्रेता तथा जुनसुकै मोबाइल बिक्रेताबाट खरिर्द गर्न सकिनेछ । खरिदपश्चात् प्रदान गरिएको युनिक क्युआर कोड स्क्यान गरी आफ्नो डिभाइसको आईएमईआई नम्बर प्रमाणीकरण गर्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ गरेर उपहार जित्ने मौका पाउन सकिनेछ ।

यो योजना कार्तिक ५, २०८२ (अक्टोबर २१, २०२५) सम्म देशभरका अधिकृत शाओमी बिक्रेता तथा सबै मोबाइल बिक्रेतामार्फत लागू हुनेछ ।

You might also like

Comments are closed.