१३ सयले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख २३ हजार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

मंगलबार चाँदी तोलाको २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Comments are closed.