किङलङ ईभी खरिदमा ग्राहकलाई बम्पर अफर दिइने

काठमाडौं । दशैँ तिहार पर्व लक्षित गरेर नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले ग्राहकका लागि बम्पर अफर सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत दशैँ तिहार अवधिमा किङलङ ईभी भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुन पाउनेछन् । यस अवधिमा किङलङ ईभी भ्यान खरिद गर्दा प्रत्येक महिना एकजना विजेताले नयाँ हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहार स्वरुप पाउनेछन् ।

यो अफर किङलङ ईभी भ्यानका १४, १५, १६ र १९ सिटर मोडलहरुमा लागु हुनेछ । असोज ७ देखि आगामी कात्तिक ३० गतेसम्म सो ईभी भ्यान खरिद गर्ने ग्राहकले यो अवसर पाउने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.