बुद्ध एयरले काठमाडौं–कलकत्ता उडान भर्दै

काठमाडौं । बुद्ध एयरले काठमाडौंबाट भारतको कलकत्ता उडान गर्ने भएको छ । आउँदो कात्तिक २ गतेदेखि काठमाडौं–कलकत्ता पुनः उडान गर्न लागेको हो ।

काठमाडौं–कलकत्ताको एकतर्फी भाडादर १३ हजार ३५३ रुपैयाँ तोकेको छ । बुद्ध एयरलाइन्सका अनुसार काठमाडौं–कलकत्ता साताको ३ दिन आइतबार, मंगलबार र बिहीबार एटीआर ७२ जहाजमार्फत उडान हुनेछ ।

काठमाडौंबाट बिहान ७ बजे र कलकत्ताबाट स्थानीय समय ९ः२० बजे उडान हुने एयरलाइन्सले जनाएको छ । यस रूटको उडान अवधि करिब १ घण्टा ३५ मिनेटको हुनेछ ।

बुद्धले ६ वर्षपछि पुनः कलकत्ता नियमित उडान गर्न लागेको छ । बुद्धले यसअघि २०७६ वैशाख २ गतेबाट कलकत्ता उडान सुरू गरेको थियो । तर, कोभिड–१९ का कारण उडान स्थगन भयो ।

You might also like

Comments are closed.