काठमाडौं । समृद्धि फाइनान्सद्वारा ट्याक्सी स्ट्यान्ड, पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा ३१ पिन्ट रगत सङ्कलन गरिएको छ ।
‘रक्तदान जीवन दान’ भन्ने नारासहित दशैँ विदाका समयमा रगतको आवश्यकता पर्ने बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
Comments are closed.