मन्त्री घिसिङसँग नाइमाको प्रतिनिधिमण्डलको भेटघाट

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेटघाट गरेको छ । मन्त्री घिसिङसँग भेटघाट गरी नेपालको अटो मोबाइल क्षेत्रको बारेमा छलफल भएको छ ।

नाइमाका अध्यक्ष रितु सिंह बैद्यको नेतृत्वमा गएको टोलीले मन्त्री घिसिङसँग भेटघाट गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा पु¥याएको सहयोगप्रति मन्त्री कुलमान घिसिङले आभार प्रकट गरेका छन् ।

भेटमा नाइमाका प्रतिनिधिमण्डलले मोबिलिटी क्षेत्रका समस्या बारेमा मन्त्री घिसिङको ध्यानाकर्षण गराउँदै सरकारले हालसालै गरेका व्यवसायमैत्री र उद्योगमैत्री सुरुवाती प्रयासको खुलेर प्रशंसा समेत गरेका छन् ।

You might also like

Comments are closed.