अब रेष्टुराँदेखि जुनसुकै बिल तिर्नका लागि सजिलो माध्यम ‘मबिल’, सम्पूर्ण व्यवस्थापन नै ‘मबिल’बाट हुने

काठमाडौं । नेपालको रेष्टुराँ उद्योगदेखि सबै नवप्रवर्तनले भरिपूर्ण उद्योग व्यवसाय क्षेत्रमा बिलिङ लगायत सम्पूर्ण व्यवस्थापनका लागि ‘मबिल’ सफ्टवेयर आएको छ ।

नेपालका आतिथ्य व्यवसायमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरकको रुपमा बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाएर, यसले व्यवसायलाई वास्तविक ध्यान दिनुपर्ने, उत्कृष्ट भोजन अनुभव दिन ध्यान केन्द्रित गर्न मद्दत गर्ने सफ्वेयर विकास गरिएको हो ।

‘मबिल’ बिलिङ सफ्टवेयर मात्र होइन । यो एक सम्पूर्ण रेष्टुरेण्ट व्यवस्थापन समाधान हो । जसले सञ्चालनलाई सजिलो र कार्यक्षमता बढाउने काम गर्छ । यसको प्रमुख सुविधाहरू नेपाली रेष्टुराँले भोग्ने समस्या र आवश्यकतालाई लक्षित गरेर तयार गरिएका छन् । हातले लेखिएका रसिदलाई बिर्सन सकिन्छ ।

‘मबिल’ले छिटो, सजिलो र भरपर्दो बिलिङ प्रक्रिया उपलब्ध गराउँछ । यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै व्यस्त समयमा पनि कामलाई सहज बनाउँछ । ‘मबिल’मोबाइल एपमार्फत अर्डर लिनु र व्यवस्थापन गर्नु सहज र वेटरले टेबलमै अर्डर इनपुट गर्दा किचनमा तुरुन्तै पठाइन्छ । जसले सेवा छिटो र सही बनाउँछ ।

यस प्रणालीले प्रयोगकर्तालाई सामान्य लेजरहरू अभिलेख गराई, भौचर प्रविष्ट गर्न सुविधा प्रदान गर्दछ । रेस्टुरेन्टको सम्पूर्ण आय र खर्च ट्र्याक गर्छ र ट्रायल ब्यालेन्स, आय विवरण जस्ता लेखा प्रतिवेदनहरू स्वचालित रूपमा तयार गर्छ । ‘मबिल’को स्टक व्यवस्थापन प्रणालीले सामग्री सजिलै ट्र्याक गर्छ । स्टक कम हुँदा वास्तविक–समय सूचना दिन्छ । यसले निर्णय क्षमता बढाउँछ र आपूर्ति–मागमा सन्तुलन कायम राख्छ ।

‘मबिल’मार्फत सजिलै मेनु अपडेट गर्न सकिन्छ । डिजिटल मेनु उपलब्ध गराउन सकिने जनाइएको छ । यसले मूल्य, दैनिक विशेष मेनु वा उपलब्धता तुरुन्तै परिवर्तन गर्न सजिलो बनाउने हुँदा मेनु पुनः छपाइ गर्नुपर्ने आवश्यक पर्दैन । ‘मबिल’ नेपाल टेक मार्केटको उत्पादन हो । नेपाल टेक मार्केटले आज मबिल सार्वजनिक गरेको छ । नेपाल टेक मार्केटलाई आईसीटी विज्ञ चिरञ्जीवी अधिकारीले नेतृत्व गरिरहेका छन् । अधिकारी नेपाल टेक मार्केटका सीईओ मात्र नभई कम्प्युटर एशोसिएसन नेपाल महासंघका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

सीटीओ मंगल कृष्ण प्रधान सहितको विकास टोलीले नवीनतम प्रविधिको उपयोग गर्दै प्रयोगकर्तामैत्री अनुभव सिर्जना गरेको छ । यो परियोजना नेपालमा जेन–जेड पुस्ताले गरेको व्यवसायिक आन्दोलनको उदाहरण हो । जसले स्थानीय रूपमा कार्य, विश्वव्यापी रूपमा सोच भन्ने दर्शनलाई आत्मसात गरेको छ ।

‘मबिल’का संस्थापकले एउटा अद्वितीय र प्रशंसनीय पहल गरेका छन् । थ्री जेनज ग्रुप अफ स्टार्टअपलाई यो सफ्टवेयर एक वर्षसम्म निःशुल्क उपलब्ध गराउँदै आएको छ । महिला तथा किशोरी उद्यमीलाई ३० प्रतिशत छुट प्रदान गर्दैछन् । मबिलकी संस्थापक अमी कट्टेलले नेपाल टेक मार्केटले प्रविधिलाई अझ सजिलो, प्रभावकारी बनाउने बताइन् । ‘मबिल’ सफ्टवेयर होइन । यो नेपालका आतिथ्य व्यवसायमा डिजिटल रूपान्तरण ल्याउने उत्प्रेरक हो ।

बिलिङ र इन्वेन्टरी व्यवस्थापनजस्ता जटिल कार्यलाई सजिलो बनाएर यसले व्यवसायीलाई वास्तविक ध्यान दिनुपर्ने कुरा, उत्कृष्ट भोजन अनुभव दिनमा ध्यान केन्द्रित गर्न मद्दत गर्छ । नेपाल टेक मार्केट नेपालकै पहिलो सफ्टवेयर मार्केट एजेन्सीको रूपमा नवप्रवर्तन र त्यसलाई आवश्यक पर्ने व्यवसायबीचको दूरी घटाउँदै नयाँ मापदण्ड स्थापित गरिरहेको छ ।

 

You might also like

Comments are closed.