पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा एनकुमार साई

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा यातायात व्यवसायी एनकुमार साई निर्वाचित भएका छन् । कम्पनीको हालै सम्पन्न ७औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले साईको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो ।

कम्पनीको प्रवन्धक सञ्चालकमा कृष्णप्रसाद पौडेल, सञ्चालकहरुमा हेमन्त मल्ल, जयराम शर्मा, मेघनाथ त्रिपाठी, अशोक चौधरी, जसबहादुर गुरुङ, बाबुराम दवाडी, ज्ञानबहादुर केसी, काशी शर्मा र लक्ष्मी पौडेल निर्वाचित भएका छन् ।

आफूलाई कम्पनीको अध्यक्षमा निर्वाचित गर्ने सम्पूर्ण व्यवसायीप्रति साईले आभार व्यक्त गरेका छन् । सार्वजनिक यातायातको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले सक्रियताका साथ काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

साई कम्पनीको संस्थापक अध्यक्षसमेत हुन् । कम्पनी भन्दा अगाडिको समितिमा समेत साई अध्यक्ष थिए ।

You might also like

Comments are closed.