वीरगञ्ज नाकाबाट १७ अर्ब ३ करोडको सामान निर्यात

पर्सा । वीरगञ्ज नाकाबाट १७ अर्बको सामान निर्यात भएको छ ।

चालू आर्थिक वर्षको दुई महिनामा १७ अर्ब ३ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान देशबाहिर निर्यात भएको जनाइएको छ ।

गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा १० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सामान निर्यात भएको हो ।

गएको आर्थिक वर्षको पहिलो दुई महिनामा नाकाबाट ६ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

 

You might also like

Comments are closed.