पोखरा । पोखराको महेन्द्रपुल, मेडिकल लाइनमा रहेको अन्नपूर्ण प्याथ ल्याब प्रालि (एपिएल)ले दसैँको अवसरमा बिशेष छुट दिएको छ ।
गएको भदौ २३ गतेदेखि आउँदो असोज २२ गतेसम्म मधुमेहसम्बन्धी रगत जाँच निःशुल्क गर्ने एपिएलले क्यान्सर, भिटामिन बि १२, भिटामिन डी, होलबडी लगायत सबै प्रकारका जाँचमा विशेष छुट दिएको अध्यक्ष गीता कार्की पन्थले जानकारी दिइन् ।
दक्ष जनशक्ति र अत्याधुनिक प्रविधिबाट सञ्चालित यस ल्याबले उपलब्ध गराएको अवसरको फाइदा लिन अध्यक्ष कार्कीको अनुरोध छ ।
Comments are closed.