नेपाल ईट्टा उद्योग महासंघको १७ औँ वार्षिक साधारण सभामा एमएडब्लु अर्थमुभर्सको सहकार्य

काठमाडौं । नेपालमा जेसिबी मेसिनको आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालि (जेसिबी नेपाल) ले नेपाल ईट्टा उद्योग महासंघको १७ औँ वार्षिक साधारण सभालाई प्रायोजन गरेको छ ।

गत भदौ १२ देखि १४ गतेसम्म गोदावरीस्थित होटल भ्यु भृकुटीमा कार्यक्रम भएको थियो । जेसिबी नेपालले नेपालको इँटा उद्योगको विकास र आधुनिकीकरणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता अनुरुप प्रायोजन गरेको हो । कोभिड–१९ महामारीपछिका कठिनाइ पार गर्दै इँटा उद्योग बिस्तारै पुनः अघि बढिरहेको छ ।

अहिले धेरै इँटाभट्टा व्यवसायीहरू आफ्ना उपकरण अपडेट गर्न र सञ्चालन सुधार गर्न लागिपरेका छन् । यस वार्षिक साधारण सभामा सहभागितामार्फत् जेसिबी नेपालले उद्योगका महत्वपूर्ण सरोकारवाला र नीति निर्मातासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ ।

कार्यक्रममा जेसिबी नेपालले उच्च दक्षता, बहुउपयोगी क्षमता र मजबुतीका लागि परिचित ११ मिटर क्षमताको टेलिह्यान्डलर जेसिबी टेलिह्याण्डलर ५३०–११०प्रदर्शन गरेको थियो । यो मेसिन विशेषगरी इँटा उद्योगका लागि उपयुक्त छ । जसले इँटा र अन्य सामग्री साइटमै लोड गर्ने, थुपार्ने र ढुवानी गर्ने कार्यमा शक्तिशाली पर्फर्मेन्स दिन्छ ।

आधुनिक डिजाइन र अत्याधुनिक सुविधाले उत्पादकत्व र सुरक्षामा सुधार गर्न चाहने इँटा भट्टा सञ्चालकका लागि उत्कृष्ट समाधान बनाउँछ ।साधारण सभाले जेसिबी नेपालका लागि इँटा भट्टा मालिक र उद्योगका अगुवासँग सम्बन्ध मजबुत पार्ने उत्कृष्ट अवसर प्रदान गरेको छ ।

प्रत्यक्ष भेटघाटमार्फत टोलीले जेसिबीका विविध मेसिनरी सोलुसन्स र यसले इँटा उद्योगका विशेष आवश्यकता पूरा गर्न कसरी सहयोग पु¥याउँछ भन्ने बारेमा जानकारी आदानप्रदान गर्ने मौका प्राप्त गरेको छ । जेसिबी मेसिनको माग बढाउनुका साथै उद्योग विकासमा भरपर्दो साझेदारका रूपमा ब्राण्डको इमेज स्थापित गरेको छ ।

एमएडब्लु अर्थमुभर्स प्रालि नेपालका पूर्वाधार र निर्माण उद्योगलाई सहयोग गर्न निरन्तर प्रतिबद्ध छ । इँटा उद्योगजस्ता प्रमुख क्षेत्रसँग सहकार्य गर्दै जेसिबी नेपालले अझ बलियो, दक्ष र इनोभेटिभ भविष्यको निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

 

You might also like

Comments are closed.