सोकोन नेपालले ल्यायो ईभी भ्यानमा विशेष अफर, यामाहा मोटरसाइकल, टेलिभिजन र वासिङ मेसिन उपहार

काठमाडौं । सोकोन नेपालले दशैँलाई अझ विशेष बनाउन ईभी भ्यान खरिद गर्नेका लागि विशेष अफर ल्याएको छ । ग्राहकले नयाँ ईभी भ्यान खरिद गर्दा उपहार, फाइनान्सको सजिलो सुविधा र निश्चिन्तताको अनुभव प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत खरिदकर्ताले यामाहा मोटरसाइकल, टेलिभिजन र वासिङ मेसिन जस्ता उपहार पाउनेछन् । यी उपहारले दशैं–तिहारलाई अझ रमाइलो बनाउनुका साथै सोकोन ईभी भ्यानमा भ्याल्यु पनि थप्नेछन् । ईभी भ्यान बुकिङ गर्दा ग्राहकलाई सामसुंग ग्यालेक्सी ए०७ (६+१२८जीबी) स्योरशट उपहारका रूपमा दिइनेछ । यसले ग्राहकलाई सजिलै बुकिङ गर्न र चाडपर्वको तयारी गर्न सहयोग पु¥याउनेछ ।

यस स्किममा १ वर्षको फुल–इन्स्योरेन्स (अटो प्लस) समावेश छ । साथै क्यासलेस इन्स्योरेन्स पनि निःशुल्क उपलब्ध रहेकाले इन्स्योरेन्स क्लेम गर्न झन् सजिलो बनाउँछ । दशैँ अफरको फाइदा स्वरूप यो आर्थिक वर्षको सम्पूर्ण रोड ट्याक्स पनि सोकोनले नै व्यहोर्नेछ । ग्राहकलाई चाडपर्वको बेलामा थप आर्थिक बोझबाट मुक्त बनाउनेछ ।

यो चाडपर्व अफर उपयोगी सुविधा दिन मात्र नभई चाडपर्वलाई उत्साहपूर्ण बनाउन ल्याइएको हो । उपहार, इन्स्योरेन्स र फाइनान्सको सहजता मिसाएर सोकोनले ग्राहकलाई आधुनिक मोबिलिटी र दिगो यातायातको साथमा दशैँ मनाउने अवसर दिएको छ ।

You might also like

Comments are closed.