सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

काठमाडौं । नेपालकै प्रमुख हस्पिटालिटी चेन सिद्धार्थ हस्पिटालिटी यस वर्षको साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२५ मा तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।

चार तारे होटल स्तरोन्नतिको अन्तिम चरणमा रहेको चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले ‘लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्ट’ को अवार्ड हात पारेको छ । यसैगरी भैरहवास्थित पाँच तारे होटल सिद्धार्थ भिलासाले ‘लिडिङ वेडिङ होटल’ र ‘लिडिङ मिटिङ एन्ड कन्फरेन्स होटल’ गरी दुई शीर्षकमा अवार्ड जितेको हो ।

हस्पिटालिटी क्षेत्रमा दक्षिण एसियाकै प्रतिष्ठित मानिने साटा अवार्डमा यसपटक पनि विभिन्न देशका होटल, रिसोर्ट, ट्राभल कम्पनी र एयरलाइन्स सहभागी भएका थिए । सिद्धार्थ हस्पिटालिटीले ग्राहक, साझेदार र कर्मचारीको विश्वास, समर्थन र निरन्तर योगदानकै कारण यो उपलब्धि हासिल भएको जनाएको छ ।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले कम्पनीले यो सफलता आफ्नो ग्राहक, साझेदार र टिमको विश्वास तथा समर्थनबिना सम्भव नहुने भन्दै सबैप्रति आभार प्रकट गरेका छन् । हस्पिटालीटी लगायत बिभीन्न क्षेत्रमा व्यवसाय बिस्तार गरी रहेका उनी भन्छन, ’हाम्रा अतिथिहरुको माया र विश्वासले गर्दा नै आज हामी यसरी अघि बढिरहेका छौँ । यो उपलब्धि हाम्रो मात्र होइन, ग्राहक, शुभचिन्तक, साझेदारका साथै सम्पूर्ण टिमको हो ।’

सन् १९९८ मा कैलालीको टीकापुरबाट सुरु भएको कम्पनीको यात्रा मुलुकभर फैलिएको छ । सिद्धार्थ हस्पिटालिटी पछिल्लो वर्षमा आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ । मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ ।

अहिलेको समयमा सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ । साथै कम्पनीले धनगढीमा पनि सिद्धार्थ कटेज सञ्चालनमा ल्याएको छ । यहाँ पाहुनालाई शान्त वातावरण खुला बगैँचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण गरिएको छ ।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा २ हजार ५०० भन्दा बढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ होस्पिटालिटी पनि एक हो ।

You might also like

Comments are closed.