काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बडादसैँ, नेपाल सम्बत, तिहार र छठ पर्वका लामो बिदाका दिनमा पनि अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लामो बिदाका कारण बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।
निर्देशन अनुसार अत्यावश्यक सेवा, आकस्मिक उपचार र शल्यक्रिया जस्ता सेवा भने सधैँझैँ निरन्तर सञ्चालन हुनेछन् । साथै आगामी चाडपर्वका समयमा समेत अस्पतालले निरन्तर सेवा प्रवाह गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।
Comments are closed.