काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा) ले नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुःनिर्माण कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।
गत भदौ २३ र २४ गते मुलुकभर भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भइ ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका सरकारले पुनःनिर्माण कोष स्थापना गरेको थियो ।
सोही कार्यमा सहयोग पुर्याउन नेपाल इन्फ्रास्ट्रक्चर बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोषमा सहयोग गरेको हो । सहयोग रकमको चेक नेपाल इन्फ्रास्ट्रक्चर बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
Comments are closed.