गणित सिकाउने र सिक्ने तरिका बदल्दै ‘एम्बार्क अनम्याथ’

काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ ।

गणितका कठिन कुरालाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यस संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोँच र बहसलाई एकसाथ ल्याएको छ । गणितको भाषालाई विश्वभर फैलाउनु नै यसको मुख्य उद्देश्य हो ।

ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले यो लिग एउटा खास राष्ट्रिय मञ्च रहेको बताए ।

यसवर्ष ग्लोबल म्याथ डिबेट लिगले नेपालभरका विद्यालयबाट ५ हजार बढि विद्यार्थीलाई एक संरचित, बहुचरणको प्रतियोगितामा जोड्दैछ । जसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । स्क्रीनिङ राउण्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउण्ड गरी ३ चरणमा प्रतियोगिता हुनेछ । यस प्रतियोगिताले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोँचको लागि मञ्च तयार गर्छ ।

यस प्रक्रियामा विद्यार्थीले आफ्नो विचारशील सोँच तिखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन्, गणितले वास्तविक जीवनका समस्यामा कसरी लागू हुन्छ भन्ने कुरा गहिरो रूपमा बुझ्छन् । गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ता तयार गर्दैछ । विश्लेषणात्मक रूपमा सोँच्न र प्रभावकारी रूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ ।

नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा ‘जीएमडीएल’ले युवा सोँच, विचार, बहस गर्ने र समस्या समाधानकर्ताको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ । जसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् ।

एम्बार्क अनम्याथबारे :
सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो । जसले विद्यालयमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिशनको विस्तार हो । ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन र स्पेस म्याथ जस्ता कार्यक्रममार्फत सबै उमेरका विद्यार्थीलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।

You might also like

Comments are closed.