आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र काठमाडौं नेशनल मेडिकल कलेजबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र घट्टेकुलोमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल÷एसबि हेल्थ केयर प्रालिबीच सम्झौता भएको छ । नगदरहित सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरिएको छ ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल/एसबि हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत जहान्गिर अन्सारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल/एसबि हेल्थ केयरबाट नगदरहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिनेछ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल/एसबि हेल्थ केयरमा अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत अन्सारीले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्यामा वृद्धि हुँदै गएको बताउँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने बताए ।

You might also like

Comments are closed.