विराटनगर किंग्सद्वारा ‘ड्रिम प्ले’ क्रिकेट प्रतियोगिता घोषणा

उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

काठमाडौं । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीको प्रतिभा प्रदर्शनका लागि ‘ड्रिम टु प्ले टुर्नामेन्ट’ क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ ।

कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरङ, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फम्र्याटमा खेलाइनेछ । प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ । प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ ।

विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ ।

चौधरीका अनुसार, डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन् । साथै, तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन् ।

नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगितामा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवद्र्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ ।

विराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो । बिराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेल भावना प्रवद्र्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो । जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.