गृहमन्त्री अर्यालद्वारा ३ वटै सुरक्षा निकायसँग छलफल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ३ वटै सुरक्षा निकायसँग छलफल गरेका छन् ।

आज सिंहदरबारमा रहेको मन्त्रालयमा भएको छलफलमा गृहमन्त्रीसँगै नेपाल प्रहरीका प्रमुख एवम् प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम् प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

छलफलमा गृहमन्त्री अर्यालले पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् ।

You might also like

Comments are closed.