क्लासिक टेकले सार्वजनिक गर्यो तिहार विशेष अफर, ३ हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत ग्राहकले २०० एमबीपीएस इन्टरनेट मात्र २ हजार ९९७ रुपैयाँमा ३ महिनाका लागि जडान गर्न सक्नेछन् ।

तिहार लक्षित सो अफरमा ३ हजारको इन्टरनेटमा ६ हजार रुपैयाँ बराबरको फाइदा हुने कम्पनीले बताएको छ । साथै, ग्राहकले बजारमा ६ हजार रुपैयाँ पर्ने वाइफाइ सिक्स राउटर पनि पाउनेछन् ।

सुपथ मूल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा ९७०५१८४१४७ वा कम्पनीको वेबसाइट सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

You might also like

Comments are closed.