काठमाडौं । सामसङ नेपालले तिहार क्याम्पेन ‘तिहारको मुड, सबै गुड’ घोषणा गरेको छ । यो अफरले नेपालभरका ग्राहकलाई छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउनेछ ।
अफर असोज २६ देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेतामा लागू हुनेछ । यस अवधिमा ग्राहकले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन् । जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउनेछ ।
टिभीमा ३५ प्रतिशतसम्म क्यासब्याक, रू. ५ हजारसम्म एक्सचेन्ज बोनस, फ्रिजमा क्यासब्याक १९ प्रतिशतसम्म क्यासब्याक, रू. ६ हजारसम्म एक्सचेन्ज बोनस, वाशिङ मेसिनमा २४ क्यासब्याकसम्म, ७ हजारसम्म एक्सचेन्ज बोनस अफर रहेको छ । साथै, सामसङले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ ।
टिभी खरिदमा साप्ताहिक पुरस्कार साउन्डबार, बम्पर पुरस्कार ३५ लिटर बिस्पोक एआई फ्रिज, फ्रिज खरिदमा साप्ताहिक पुरस्कार २३ लिटर माइक्रोवेभ ओभन, बम्पर पुरस्कारमा ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन, वाशिङ मेसिन खरिदमा साप्ताहिक पुरस्कार २३ लिटर माइक्रोवेभ ओभन र बम्पर पुरस्कारमा ६५” युएचडी टिभी पुरस्कार रहेको छ ।
लक्की ड्र मा सहभागी हुने तरिका :
–ग्राहकले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएस मार्फत पठाएर भाग लिन सक्नेछन् ।
–“Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउने । (उदाहरणः Samsung XXXXXXXXXXXXXXX) ।
पठाएपछि तुरुन्तै एसएमएस मार्फत पुष्टि सन्देश प्राप्त हुनेछ ।
–विजेताको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ ।
त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकलाई शुन्य प्रतिशत ब्याजदरमा सजिलो इएमआई विकल्प उपलब्ध गराएको छ । यसका लागि नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ ।
साथै, पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु ७ हजारसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ ।
Comments are closed.