‘एईसी उत्सव २०२५ : सेलिब्रेटिङ मोसन एन्ड इनोभेसन’ सम्पन्न

काठमाडौं । रोलिङ अटोमोटिभ प्रालिले एईसी उत्सव २०२५ को आयोजना गरेको छ । नेपाली बजारमा भारतको प्रतिष्ठित बेयरिङ निर्माता कम्पनी अस्टिन इन्जिनियरिङ कम्पनी (एईसी) ले उत्पादन गरेको बेयरिङ बिक्री–वितरण गरिरहेको रोलिङ अटोमोटिभले एईसी उत्सव आयोजना गरेको हो ।

काठमाडौंमा आयोजित सो कार्यक्रमलाई ‘एईसी उत्सव २०२५ : सेलिब्रेटिङ मोसन एन्ड इनोभेसन’ भनिएको थियो । सो अवसरमा एईसीका विभिन्न रेन्जका बेयरिङ प्रदर्शन गरिनुका साथै नयाँ स्किम समेत सार्वजनिक गरिएको छ ।

एईसी उत्सव २०२५ को अवसरमा एईसीका डाइरेक्टर जिग्नेस थान्की, एक्सपोर्ट म्यानेजर निरन रुपारेल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, रोलिङ अटोमोटिभका निर्देशक उत्तमराज गिरी र कार्यकारी निर्देशक विजयराज गिरी लगायतले एईसी बेयरिङको विशेषता र नेपालमा यसको बजार बारेमा जानकारी दिएका हुन् ।

विभिन्न अटो पाट्र्स बिक्रेता र व्यवसायीको सहभागिता रहेको सो उत्सव उल्लासमय रहेको थियो । नेपालमा उपलब्ध एईसी बेयरिङ ग्राहकले निकै नै रुचाइरहेको बताइएको छ । विभिन्न प्रकारका सवारी साधनमा यस्ता बेयरिङ प्रयोग भइरहेका छन् । आईएसओ ९००१ : २०१५ र आईएटीएफ १६९४९ : २०१६ प्रमाणित अस्टिन इन्जिनियरिङ कम्पनी लिमिटेड (एईसी) भारतको अग्रणी बेयरिङ निर्माता कम्पनी हो । जसले कुनै पनि विदेशी सहकार्य बिना नै सबैभन्दा फराकिलो रेन्जमा बल र रोलर बेयरिङ उत्पादन गर्दै आएको छ ।

सन् १९७३ मा पाँच प्राविधिक व्यक्तिले स्थापना गरेको सानो साझेदारी फर्मका रूपमा सुरु भएको एईसी आज पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई विश्वभरका ग्राहकलाई उच्च गुणस्तरका बेयरिङ आपूर्ति गर्दै आएको छ । भारतको गुजरातमा अवस्थित अत्याधुनिक कारखाना करिब ८ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने वार्षिक ३० लाखभन्दा बढी बेयरिङ उत्पादन गर्छ ।

कम्पनीले ६ हजार भन्दा बढी प्रकारका बेयरिङहरू विभिन्न व्यावसायिक र औद्योगिक प्रयोजनका लागि उत्पादन गर्छ । एईसीले आफ्नो नवप्रवर्तन, गुणस्तर र प्रविधि सुधारप्रतिको प्रतिबद्धतामार्फत निरन्तर प्रगति गर्दै आएको छ । यही प्रतिबद्धताका कारण एईसी आज विश्व बजारमा एक विश्वसनीय र अग्रणी बेयरिङ निर्माता कम्पनीका रूपमा स्थापित भएको छ ।

You might also like

Comments are closed.