पर्सा । वीरगञ्ज भन्सार कार्यालयले सबैभन्दा बढी पेट्रोलियम पदार्थबाट राजश्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको २ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु. ११ अर्ब १८ करोड सङ्कलन गरेको हो । चालु आवको २ महिनामा रु. २६ अर्ब ३३ करोड खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको कार्यालयले जनाएको छ ।
पेट्रोलियम पदार्थ आयातबाट प्राप्त कुल राजश्वमा मुख्य २० वस्तुबाट प्राप्त राजश्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ ।
Comments are closed.