काठमाडौं । ईभि ब्राण्ड ‘जिली ईएक्स फाइभ’ ले नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । नेपालमा सार्वजनिक भएको दुई महिनामै जिली ईएक्स फाइभ म्याक्स र ईएक्स फाइभ प्रोका गैरीधारास्थित शोरूममा ग्राहक तथा उपभोक्ताको भीड लागिरहदा गाडीको टेस्ट ड्राइभ, बुकिङ र खरिदमा उल्लेखनिय वृद्धि भएको हो ।
नेपाली उपभोक्ताको विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड जिली अटोमोबाइल ग्रुपप्रतिको विश्वासलाई झल्काएको छ । काठमाडौं लगायत पोखरा र विराटनगरसम्मका उत्साही ग्राहक गैरीधारा शोरूममा स्वःस्फूर्त रुपमा आएर जिली ईएक्स फाइभलाई प्रत्यक्ष रूपमा अनुभव गर्दा ईएक्स फाइभ मोडलका स्मार्ट, आकर्षक र वातावरणमैत्री एसयुभी देखेर चकित परेका छन्, जसले विद्युतीय सवारी साधनको परिभाषा नै पुनर्लेखन गरिरहेको छ ।
शोरूम बाहिर उपभोक्ताको बढ्दो चापले जिलीको ‘स्मार्ट र दिगो मोबिलिटी’ सँग नजिक भएको एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठ बताउँछन् । उनका अनुसार टेस्ट ड्राइभमा सहभागी ग्राहकले ईएक्स फाइभको स्मुथ परफर्मेन्स र भविष्य केन्द्रित डिजाइनको प्रशंसा गरेका छन् ।
धेरै ग्राहकले ईएक्स फाइभको रेञ्ज, विश्वसनीयता र आधुनिक सुविधाप्रति विश्वास व्यक्त गर्दै यसलाई २०२५ को सबैभन्दा चर्चित विद्युतीय एसयुभीमध्ये एकको उपमा दिएका छन् । एलआरआर मोटर्सका निर्देशक जीवनजंग शाहीले हामीले पाएको जिली ईएक्स फाइभप्रतिको उत्साह र स्वीकार्यताले नेपाली उपभोक्ताले जिली ग्रुपको इतिहाससँगै परिवर्तनको नेतृत्व गर्न उत्साहित देखाएको बताए ।
बढ्दो मागका कारण, एलआरआर मोटर्सले शोरूम समय विस्तार र थप टेस्ट ड्राइभको समय बढाएको घोषणा गरेको छ । हाल गैरिधारास्थित शोरूम बिहान ९ बजे देखि साँझ ८ बजेसम्म सञ्चालनमा छ । साथै शनिवार र सार्वजनिक बिदामा पनि खुला रहेको कम्पनीले जनाएको छ ।
यो उत्साहलाई थप उचाइमा पु¥याउन एलआरआर मोटर्सले आफ्ना ग्राहकका लागि विशेष फेस्टिभ अफरहरू घोषणा गरेको छ । अफरअन्तर्गत नयाँ खरिदकर्ताले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, सजिलो फाइनान्स सुविधा, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, थप बोनस र उपहार प्याक लगायतका लाभ प्राप्त गर्न सक्नेछन् ।
Comments are closed.