आजबाट देशैभर ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम सुरु, सुनको असर्फी जित्ने सुनौलो अवसर

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभ दिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रम आजबाट शुभारम्भ गरेको छ ।

टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको हो । यस कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका रहेको छ ।

यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीका साथै आईसीई मोडलहरू टियागो, पञ्च, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रम अन्तर्गत फ्रि लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्रि एसेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्रि एम्बोस्ड नम्बर प्लेट र फ्रि होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधा ग्राहकले पाउन सक्ने जनाइएको छ ।

टाटाको नेपालभरि रहेको शोरुममा आजबाट सुरु गरिएको यो कार्यक्रम आउँदो कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.