काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ७८.८३ अंकले घटेर २५०३ अंकमा पुगेको हो । कारोबार अवधिमा नेप्से एकपटक २४९३ अंकसम्म झरेको थियो, जुन आजको सबैभन्दा न्यून स्तर रह्यो ।
तर कारोबार रकम भने बढेको छ । बिहीबार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । आज ९ कम्पनीको शेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ । सबै समूहका सूचकमा गिरावट देखिएको छ । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले घटेको छ भने अन्य समूह ४.७९ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंकिङ २.३०, विकास बैंक २.९३, फाइनान्स ३.६७, हाइड्रोपावर ३.७९, लगानी ३.१३, जीवन बीमा २.५५, उत्पादन तथा प्रशोधन १.९४, माइक्रोफाइनान्स २.८८, निर्जीवन बीमा २।३२ र व्यापार समूह २.८५ प्रतिशतले घटेका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै, पन्चकन्या माइ हाइड्रोपावरको ४.९० र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १.८९ प्रतिशतले वृद्धि भएको छ ।
बुटवल पावरको मूल्य सबैभन्दा धेरै ९.२७ प्रतिशतले घटेको छ । त्यसपछि नेपाल पुनर्बीमा ९.१५, राधि विद्युत ८.५०, सीईडीबी होल्डिङ्स ८.४५ र विन्ध्यबासिनी हाइड्रोपावर ८.२७ प्रतिशतले घटेका छन् ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, एनएलजी इन्स्योरेन्स, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स र सीईडीबी होल्डिङ्स रहेका छन् ।
Comments are closed.