कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा नाडाका उपाध्यक्ष ओझा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष पुष्करराज ओझा कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी भएका छन् ।

आइतबार दिउँसो सकिएको मतगणनाअनुसार रुपेश स्वाँरलाई ६१ मतले पराजीत गर्दै ओझा विजयी भएका हुन् ।

कुल एक हजार नौ सय ४० मत खसेकोमा ९५० मतसहित अध्यक्षमा ओझाले विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी स्वाँरले ८८९ मत पाएका छन् ।

ओझा यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा थिए । स्वाँर र ओझाले प्यानलसहित उम्मेदवारी दिएकोमा महासचिवमा पनि ओझा समूहकै दिनेश लम्साल विजयी भएका छन् ।

सुरेश पाण्डेयलाई पराजित गर्दै उनी विजयी भएका हुन् । लम्सालले ९१२ मत पाएका छन् भने पाण्डेयले ८३४ मत प्राप्त गरेका छन् ।

 

You might also like

Comments are closed.