‘फोर्थिङ तिहार भाइब’ अफर सुरु

काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रालिले फोर्थिङ ब्राण्डको नेपालका लागि अधिकृत वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ ।

अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ । ग्राहकले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्राण्डको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘फोर्थिङ फ्राइडे’ अनुभव गर्न सक्नेछन् । यो सीमित समयको अफरमा ग्राहकले थुप्रै रोमाञ्चक सुविधा र उपहार प्राप्त गर्न सक्नेछन् :

–बुकिङमा आइफोन १७ प्रो प्राप्त गर्ने अवसर
–आकर्षक नगद छुट
–८ वर्षको वारेन्टी
–६ वर्षसम्म निःशुल्क सर्भिसिङ
–७ किलोवाट होम चार्जर
–स्पेयर टायर
–१ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क

फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको छ ।

शहरका सडकदेखि सप्ताहन्तका यात्रासम्मका लागि उपयुक्त फ्राइडे ईभीमा ६४.४ किलोवाट पावर ब्याट्री र ९९ किलोवाट मोटर जडान गरिएको छ । जसले डब्लुएलटिपि मापदण्ड अनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ ।

यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ । प्रिमियम मसाज स्पोट्र्स सिट समावेश गरिएकाले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ । एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको छ ।

ग्राहकलाई थापाथली र नमसालस्थित फोर्थिङ शोरुममा निमन्त्रण गरिएको छ । फोर्थिङ फ्राइडेको आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सक्नेछन् । अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछ ।

‘फोर्थिङ तिहार भाइब’ अभियानले ग्राहकलाई प्रिमियम इलेक्ट्रिक मोबिलिटीतर्फको यात्रा रोमाञ्चक र फाइदाजनक बनाउने अवसर प्रदान गर्दछ ।

You might also like

Comments are closed.