काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएकाको वर्गीकरण गर्ने भएको छ ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाले जनाएको छ ।
टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरूको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको मन्त्रालयको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या २ हजार ३१६ जना रहेको छ ।
Comments are closed.