शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’

काठमाडौं । शाओमीले स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएकाले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन रहेको बताए ।लाइकासँगको सहकार्यले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध, एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउने उनी बताउँछन् ।

शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् । ५०MP मुख्य क्यामरा (२३mm), ५०MP टेलिफोटो क्यामरा २x अप्टिकल जुमसहित (४६mm), र १२MP अल्ट्रा–वाइड क्यामरा (१५mm)। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ । फोनको डिजाइन पातलो र आकर्षक छ ।

यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ । यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ । फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००–अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२GB LPDDR5X र्याम, र  ५१२GB UFS ४.१ स्टोरेज दिइएको छ ।

यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ (हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुनेछ) । साथै यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ । फ्रन्टतर्फको ३२MP क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्छ ।

शाओमी १५टीमा ५५०० mAh ब्याट्री र ६७W हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ (चार्जरसहित) । यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन् ।

नेपालमा शाओमी १५टी (१२GB+५१२GB) मोडेलको मूल्य रु. ६४,९९९ तोकिएको छ । यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ ।

You might also like

Comments are closed.