काठमाडौं । टीभीएसको पहिलो आरटीएक्स ३०० सीसीको एड्भेन्चर मोटरसाइकल सार्वजनिक भएको छ । नयाँ प्लेटफर्ममा बनाएको आरटीएक्स ३०० सीसीको डबल पर्पस एड्भेन्चर मोटरसाइकल टीभीएसले भारतीय बजारमा बिक्री सुरू गरेको हो ।
कम्पनीले आरटीएक्स ३०० बेस, टप र ब्यूल्ट टू अर्डर (बीटीओ) गरी तीन भेरियन्टमा बजारमा ल्याएको छ । कम्पनीले निकै सेफ्टि र एड्भान्स फिचरहरू दिएर बजारमा उतारेको आरटीएक्स ३०० मोटरसाइकलको बेस भेरियन्टको मूल्य १ लाख ९९ हजार, टप भेरियन्टको २ लाख १४ हजार र बीटीओ भेरियन्टको २ लाख २९ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) तोकेको छ ।
कम्पनीले निर्धारण गरेको मूल्य अनुमान गरिएकोभन्दा निकै सस्तो हो । टीभीएसले आरटीएक्स ३०० नयाँ जेनेरेसन आरटी एक्सडी फोर इन्जिन प्लेटफर्ममा निर्माण गरेको छ । यो मोटरसाइकल जस्तोसुकै रोडमा चलाउन एकदमै सक्षम रहेको कम्पनीले जनाएको छ । यसमा प्रयोग भएको फ्रेम, चेसिस र अन्य डिजाइन कम्पनीले सबै नयाँ दिएको छ ।
आरटीएक्स ३०० निकै आकर्षित सेमीफियर्ड एड्भेन्चर टुरर डिजाइनमा छ । हाल नेपाली बजारमा जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल बिक्री गर्दै आएको छ । कम्पनीले यो नयाँ मोटरसाइकल पनि नेपालमा ल्याउने अनुमान गर्न सकिन्छ ।









Comments are closed.