काठमाडौं । महिन्द्राले आगामी एक वर्ष भित्र ४ नयाँ एसयूभी बजारमा ल्याउँदैछ । कम्पनीले बढ्दो एसयूभीको माग पुरा गर्न नयाँ एसयूभीहरु ल्याउन लागेको हो । महिन्द्राले अबको एक वर्षभित्रै चार नयाँ एसयूभी बजारमा बिक्री थाल्ने योजना तयार पारेको छ ।
कम्पनीको राणनीति अनुसार नयाँ आउने एसयूभीहरु दुई ईभी हुनेछन् । साथै दुई मोडल पेट्रोलियम पदार्थबाट चल्ने बताइएको छ । अहिले पनि बलियो ईभी लाइनअप बनाउन सुरु गरिसकेको महिन्द्राले थ्रीएक्सओ मोडलको इलेक्ट्रीक भर्सन छिट्टै बिक्री सुरु गर्नेछ । कम्पनीले टाटा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेगरी थ्रीएक्सओ मोडलको इलेक्ट्रीक भर्सन बजारमा उतार्न लागेको हो ।
अर्को महिना नै महिन्द्राले आफ्नो चर्चित मोडल एक्सयूभी ७०० को इलेक्ट्रक भर्सन पनि बजारमा उतार्नेछ । कम्पनीले बजारमा ल्याउन लागेको एक्सयूभी ७०० को इलेक्ट्रीक भर्सन प्रिमियम फिचरले भरिपूर्ण हुनेछ । यसको सिधा प्रतिस्पर्धा टाटा ह्यारीयर ईभीसँग हुने अनुमान गरिएको छ ।
यी दुई मोडलको अलावा महिन्द्राले देखाएको भिजन एस कन्सेप्ट पनि एक वर्ष भित्रै बजारमा आउने छ । कम्पनीले देखाएको भिजन एस कन्सेप्ट भने पेट्रोलियम पदार्थ र ईभी दुबैमा आउने नयाँ मोडल हुनेछ । महिन्द्राको निकै सफल मोडल थारको नयाँ जेनेरेशन मोडल पनि आगामी वर्ष बजारमा आउनेछ । यी मोडलको सहायताले भारतमा दोस्रो स्थानमा बलियो पकड कायम गर्न सकिने कम्पनीको विश्वास छ ।
विद्युतीय एसयूभी बीई सिक्स र एक्सईभी नाइन ई मोडल दुवैले राम्रो व्यापार गरिरहेको कारण महिन्द्रा थप नयाँ मोडलको साथ भारतीय ईभी बजारलाई नेतृत्व गर्न तयार देखिन्छ । त्यसैले उसले आफुसँग भएका चर्चित मोडललाई ईभीमा ल्याउनेछ । साथै, नयाँ आउने मोडल ईभी र पेट्रोलियम पदार्थ दुवैबाट चल्ने गरी ल्याउन लागेको हो ।









Comments are closed.