नेपाल प्रहरीले ८५ वटा पीकअप खरिदका लागि प्रक्रिया अघि बढायो

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा पीकअप खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा धेरै गाडीमा क्षती पुगेसँगै प्रहरीले गस्तीमा प्रयोग गर्ने पीकअप खरिद गर्न लागेको हो ।

प्रहरीले खुलाएको टेन्डरमा ७५ युनिट पेट्रोलबाट चल्ने पीकअपको लागि बोलपत्र माग गरिएको छ । विद्युतीय पीकअप भने १० युनिट खरिद गर्न लागेको हो । प्रहरी प्रधान कार्यालयले हिजो बिहीबार सूचना जारी गर्दै गाडी किन्न टेण्डर आह्वान गरेको हो ।

इच्छुक कम्पनी/टेण्डरदाताले आगामी कात्तिक ९ गते (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन पाउने छन् । त्यसपछि विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार टेण्डर १४ कात्तिक अपराह्न २ बजे खोलिनेछ । प्रहरीले आगामी फागुन २१ गतेलाई निर्धारण भएको चुनावको तयारीका लागि पनि यी सवारीसाधन निकै महत्वपूर्ण हुने मानिएको छ ।

 

You might also like

Comments are closed.