सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवमा देशव्यापी सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपाली जनताको सपना सुरक्षित गर्दै, विश्वास र साथका साथ आठ वर्षको सफल यात्रा तय गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आज आफ्नो आठौं वार्षिकोत्सव देशभरका शाखा कार्यालयमा विविध सामाजिक उत्तरदायित्व गतिविधिका साथ मनाउँदैछ ।

स्थापनाकालदेखि नै समाजप्रति उत्तरदायी बीमा संस्था बन्ने लक्ष्यका साथ अघि बढेको सिटिजन लाइफले यसवर्ष पनि वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ । वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष आफ्ना सबै शाखा कार्यालयमा ‘विविधता र समावेशीकरण दिवस’ मनाएको छ । जसअन्तर्गत कर्मचारीले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परासँगै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन् । यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ पारेको छ ।

यसकासाथै समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यसवर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना ¥याली तथा घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गर्दै समाज र वातावरण दुवैप्रति आफ्नो दायित्व सुदृढ पारेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतले हामीले विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेको बताए । कम्पनीले विगत आठ वर्षको यात्रामा ग्राहकको विश्वास, साझेदारको साथ र कर्मचारीको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको छ ।

कम्पनीले आगामी दिनमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

 

You might also like

Comments are closed.