बिराटनगर किङ्सद्वारा एनपीएलका लागि ‘पूर्वेली राजा’ नामक म्यास्कट सार्वजनिक

काठमाडौं । बिराटनगर किङ्सले नेपाल प्रिमियर लिगका लागि पूर्वेली राजा नामक आफ्नो नयाँ म्यास्कट अर्ना सार्वजनिक गरेको छ । यो म्यास्कटले टिम र यसले प्रतिनिधित्व गर्ने पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्दछ ।

हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो । यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ । बिराटनगर किङ्सले अर्नालाई म्यास्कटको रूपमा चयन गरेर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान व्यक्त गरेको छ भने यस दुर्लभ जनावरको संरक्षणका लागि जनचेतना फैलाउने सन्देश पनि दिएको छ ।

‘पूर्वेली राजा’ नामले कोशी प्रदेशमा बिराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ र यसले टिमलाई ‘पूर्वको राजा’ का रूपमा समेत चित्रित गर्दछ । यो म्यास्कट क्रिकेट मैदान भन्दा बाहिर पनि एकता, साहस र जिम्मेवारीको प्रतीकको रूपमा रहनेछ, जसले शक्ति केवल जितमा होइन, हाम्रा अमूल्य सम्पदाहरू जोगाउने क्षमतामा पनि हुन्छ भन्ने देखाउँछ ।

पूर्वेली राजा मार्फत बिराटनगर किङ्सले आफ्ना समर्थकहरूमा आफ्नो ठाउँ र प्रकृतिसँगको गर्व, अपनत्व र सम्बन्ध जगाउने लक्ष्य राखेको छ। ल्एी नजिकिँदै गर्दा यो शक्ति, सचेतना र क्षेत्रीय गौरवको प्रतीक अर्ना बिराटनगर किङ्सका लागि गर्जनसहित नेतृत्व गर्न तयार छ ।

बिराटनगर किङ्सको बारेमा :

बिराटनगर किङ्स नेपाल प्रिमियर लिग (ल्एी) मा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट टिम हो । यसको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेल भावनाको प्रवद्र्धन गर्नु र समुदायसँग बलियो सम्बन्ध स्थापित गर्दै कोशी प्रदेशलाई गौरवान्वित बनाउनु हो ।

You might also like

Comments are closed.