काठमाडौं । वाटर स्पोर्टससंग सम्बन्धित मुख्य खेलकुदको अन्तर्राष्ट्रिय महासंघ युनियन इन्टरनेशनल मोटोनाउटिक (यूआईएम) को ९८ औँ साधारण सभाले इटालिका डा. राफेल चिउलीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
गत अक्टोवर १२ मा सांघाइको सी–बल्र्डस्थित होटल कोडिसमा भएको विश्वभरका फेडेरेसनका प्रतिनिधिबीचमा उनी निर्विरोध चयन भएका हुन् । चिउली एसोसिएसन अफ आइओसि रेकनाइज्ड इन्टरनेशनल स्पोर्टस्का समेत अध्यक्ष हुन् । साथै सोही साधारण सभाले रिक्त बोर्ड सदस्यमा चेक रिपब्लीक र इस्टोनियाका फेडेरेसनहरु निर्वाचित भए ।
मोनाकोमा हेडक्वार्टर रहेको यूआईएममा खासगरी वाटर स्पोर्टका इंन्जिन–मोटर जडित खेलेका पाँच दर्जत ज्यादा राष्ट्रिय फेडेरेसन आवद्ध छन्, जसले मोटो–सर्फ देखी फर्मुला वान F1H20 सम्मका खेलको सञ्चालन गर्दछन् । जसमा जेट स्कि, अक्वा–वाइक, पावरबोटीङ लगायतका पपुलर विश्स्तरिय राष्ट्रिय–अन्तर्राष्ट्रिय इमेन्टहर पर्दछन् । यसपटकको साधारण सभाको सन्दर्भमा वाटर स्पोर्टसको सर्वाधिक महत्वपूर्ण इभेन्ट F1H20 लगायतका थुप्रै इमेन्टहरु सोही स्थानमै आयोजना भएका थिए ।
त्यसैगरी पहिलोपटक भोटिङ्ग मेम्बरको रुपमा नेपालसहित मोरक्को, जार्जिया र भियतनामलाई साधारण सभाले अनुमदिन गर्यो । जसमार्फत नेपाल अटोमोवाइल्स एसोसिएसएन (नासा नेपाल) पहिलो पटक वाटर स्पोर्टसको विश्वमहासंघमा प्रवेश गरेको छ । जसमा संघका कार्यकारी निर्देशक गोविन्द भट्टराईले सम्बोधन समेत गरे ।
नेपालको पावर बोटिङमा प्रवेश र पूर्ण सदस्यतालाई महत्वपूर्ण रुपमा यूआईएम नेतृत्व र सम्पूर्ण सहभागीले लिएका थिए । जसको पारिणामस्वरूप नासा नेपालले आगामी साधारण नेपालमा गर्ने प्रप्ताव सर्वसम्मतिले पारित भएको छ । जसलाई कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेछ ।
मोटर स्पोर्टसको एक महत्वपूर्ण महत्वपूर्ण उपलब्धी पश्चात् अब नासा नेपाल वाटर स्पोर्टसको महत्वपूर्ण विधा पावर बोटिङमा प्रवेश गर्ने मात्र होइन नेपाली साहासिक खेलकुद र पर्यटनमा योगदान दिन समेत प्रतिवद्ध छ ।
Comments are closed.