काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर नगरपालिका–१०, कमलविनायक क्षेत्रमा सञ्चालित चारवटा मिठाई पसलमा अनुगमन गर्दा खाद्य गुणस्तरहीनता, अखाद्य मिसावट र सरसफाइमा लापरबाही भेटिएको जनाएको छ ।
तिहारलाई लक्षित गरी विभागले तत्काल सुधारका लागि निर्देशन दिँदै केही पसलमाथि थप कारबाहीको चेतावनी समेत दिएको छ ।
विभागले सोमबार गरेको अनुगमनमा अस्वच्छ भान्छा, म्याद गुज्रिएका खाद्य वस्तु, तेलको असमान्य अवस्था, स्टार्च मिसावट तथा अखाद्य र कृत्रिम रङ्गको प्रयोग जस्ता समस्याहरू पाइएका हुन् ।
विजय मिठाई पसलमा भान्छाको सरसफाइ सन्तोषजनक नभएको, म्याद गुज्रिएका मिठाई, तेलको असमान्य अवस्था र स्टार्च पाइएको थियो । कृत्रिम रङ्ग प्रयोगको आशङ्कामा थप परीक्षणका लागि नमुना लिइएको र पुष्टि भएमा मुद्दा चलाउने विभागले चेतावनी दिएको छ ।
Comments are closed.