असोजमा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व सङ्कलन

काठमाडौं । असोजमा देशभरका मालपोत कार्यालयले कूल रु २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन गरेका छन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण कतिपय मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

जेन–जी आन्दोलन र लगत्तै चाडपर्व परेका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन पनि सामान्य नै रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । विभागका अनुसार गएको असोजमा सेवा कर २१ करोड ३० लाख ७५ हजार २६०, रजिष्ट्रेशन शुल्क १ अर्ब ४४ करोड १६ लाख ८७ हजार ७५५ सङ्कलन भएको छ ।

यस्तै, पुँजीगत लाभकर १ अर्ब ६ करोड १९ लाख ३५ हजार ५३७ सङ्कलन भएको छ । विभागका अनुसार असोज महिनामा ७९ हजार ७३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

You might also like

Comments are closed.