नेपाली नोटमा नेपाल संवत् राख्ने प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । सरकारले नेपाली नोटमा नेवाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ ।

बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् । सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले सम्बोधनको क्रममा व्यक्त गरिन् ।

११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर साःख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए । शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो ।

सरकारी कार्यालयमा पनि नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन प्रधानमन्त्री कार्कीले दिएकी छिन् । साथै, उनले अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको पनि बताइन् ।

You might also like

Comments are closed.