पदमार्ग मासिदै गएकोमा चिन्ता

आर्थिक आवाज
पोखरा, २९ असोज । टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको २६ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नेपालको पर्यटनमा ट्रेकिङको विशेष महत्व रहेको बताए । ट्रेकिङ रुटहरुको संरक्षण गर्दै नयाँ नयाँ गन्तव्यको पहिचान गर्नुपर्ने उनले बताए ।

हिमाली क्षेत्रसँगसँगै दक्षिणतर्फ सांस्कृतिक पदमार्गको विकास गर्नुपर्ने उनको भनाइ छ । टे«किङ एजेन्सिज एशोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुबेदीले धौलागिरी हिमाल क्षेत्रका पदमार्ग जोखिमपूर्ण भएको बताउदै त्यस क्षेत्रमा जादा पथप्रर्दशक अनिवार्य लैजानु पर्ने बताए ।

jutta mela

सोही अवसरमा पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार सहित सम्मानित गरे ।

अन्नपूर्ण पोष्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्पे्रषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट पथप्रदशक सुनिता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेको प्रमुख नापी अधिकृत खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेल, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष गमबहादुर पुन, टे«किङ एजेन्सिज एशोसियसन अफ नेपाल पोखराका पूर्व अध्यक्ष वसन्त दवाडी, अध्यक्ष हरि भुजेल, उपाध्यक्ष सुशील पौडेल, सचिव जीवनराज सापकोटा लगायतले बोलेका थिए । नेपालमा ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउने भए पनि पदमार्ग मासिदै गएकोमा वक्ताहरुको चिन्ता छ । राज्यले सडक लगेपनि पदमार्गका लागि वैकल्पिक मार्गको समेत खोजी गर्नुपर्ने बताए ।

You might also like

Comments are closed.