चेरीले आफैँ ब्याट्री उत्पादन गर्ने, ओमोडा र जेको ब्राण्डका गाडीमा प्रयोग हुने

काठमाडौं । चेरीले आफैँ ब्याट्री उत्पादन गर्ने भएको छ । कम्पनीले अक्टोबर १८ मा चीनको उहुमा भएको ‘चेरी ग्लोबल इनोभेसन कन्फ्रेन्स’मा आफुले उत्पादन गरेको पहिलो ब्याट्री देखाएको हो ।

चेरीले बनाएको नयाँ ब्याट्री आफ्नो न्यू इनर्जी ब्राण्ड ओमोडा र जेको ब्राण्डका गाडीमा प्रयोग गर्नेछ । साथै, चेरीको ब्याट्री ‘अल सोलिड स्टेट’ हो । त्यही कारण यसको सडकमा चलाउँदा नै १३०० किलोमिटर रेन्ज पाइने कम्पनीले जनाएको छ । यसको टेस्ट रेन्ज भने १५०० किलोमिटर रहनेछ ।

चेरीले बनाएको सोलिड स्टेट ब्याट्रीमा प्रतिकेजी ६०० किलोवाट आवर इनर्जी डेन्सीटी रहने छ । जुन, अहिले चल्तीमा रहेको लिथिय ब्याट्रीभन्दा तीन गुणा धेरै हो । अहिलेसम्म कुनै पनि चिनियाँ उत्पादकले देखाएको सबैभन्दा धेरै इनर्जी डेन्सीटी भएको ब्याट्री हो ।

चिनियाँ अटोमोबाइलको अग्रणी कम्पनी चेरीको सोलिड स्टेट ब्याट्री रिसर्च इन्सीट्यूटले यसको विकास गरेको हो । ब्याट्री प्याकमा लिथियम रिच म्यागनीस क्याथोड मेटेरियल प्रयोग गरिएको छ ।

चेरीका अनुसार यस ब्याट्रीले नेल पेनेट्रेसन टेस्ट, पावर ड्रिल ड्यामेज जस्ता कडा परीक्षण पास गरेको छ । परीक्षण गर्दा धुवाँ आउने वा आगलागी हुने कुनै समस्या नदेखिएको कम्पनीको दावी छ । कम्पनीका अनुसार नयाँ ब्याट्रीको परीक्षण उत्पादन सन् २०२६ बाटै सुरु हुनेछ ।

सन् २०२७ बाट व्यवसायीक रुपमा चेरीले बनाउने विभिन्न ब्राण्डका गाडीमा प्रयोग गर्ने कम्पनीको योजना छ । चेरीको योजना अनुसार काम भएमा बीवाइडी र सीएटीएलभन्दा अगाडि नै सोलिड स्टेट ब्याट्री ल्याउन कम्पनी सफल हुनेछ ।

You might also like

Comments are closed.