काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको ट्राफिक प्रहरीको कन्ट्रोल रुम सञ्चालनमा आएको छ । गैरआवासीय नेपाली संघले निर्माण गरिदिएको कन्ट्रोल रुम मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको चाबी प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीलाई हस्तान्तरण गरे । प्रमुख अतिथि कार्की र श्रेष्ठले पुनःनिर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको संयुक्त उद्घाटन गरेका हुन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद विपद् व्यवस्थापन समितिका कार्यकारी निर्देशक रविकिरण अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुनःनिर्मित ट्राफिक प्रहरी कन्ट्रोल रुमको निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरे । प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र पदाधिकारीलाई धन्यवाद दिए ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरू र तीन जना ट्राफिक प्रहरीलाई कदरपत्रले सम्मान गरेको छ ।




Comments are closed.