टीभीएसद्वारा म्याक्सी डिजाइन इलेक्ट्रीक स्कुटर तयार, ‘इक्मा अटो शो’मा प्रदर्शन गरिने

काठमाडौं । टीभीएसले आयोन मोबिलिटीसँगको सहकार्यमा म्याक्सी डिजाइन इलेक्ट्रीक स्कुटर तयार पारेको छ । म्याक्सी डिजाइन इलेक्ट्रीक स्कुटर ईआईसीएमए (इक्मा) अटो शोमा प्रदर्शन गरिने भएको छ ।

टीभीएस मोटर्सले आफ्नो इन्स्ट्राग्राम पेजमा एम १ एस स्कुटरको टिजर सार्वजनिक गरेको छ । टीभीएस एम १ एस एग्रेशिभ डिजाइनमा रहेको छ । फ्रन्टमा सार्प एलईडी हेडलाइटका साथै डीआरएल र इन्डिकेटर दिइएको छ । रियर पार्ट बल्की दिइएको छ र प्याडेड सिटका साथै १४ इन्चको अलोय ह्वील दिइएको छ ।

टीभीएस एम १ एसमा ४.३ किलोवाट आवरको ब्याट्रीप्याकका साथै १२.५ किलोवाट क्षमाताको मोटर रहने छ । स्कुटलाई फुलचार्जमा १४० किलोमिटर चलाउन सकिने सकिन्छ । पावरफुल यो स्कुटरले मात्र ३.७ सेकेण्डमा ०–५० को स्पीड भेट्न सक्छ । तीन घण्टामा यसलाई फुलचार्ज गर्न सकिन्छ ।

यो स्कुटरको फ्रन्टमा विन्डस्क्रीन, ७ इन्च टीएफटी डिस्प्ले, कनेक्टिभिटी सिस्टम, स्मार्ट की, टायर प्रेसर मनिटर, यूएसबी टाइप ए चार्जर, २६ लिटर अन्डरसिट स्टोरेज, डिस्क ब्रेक, राइड मोड जस्ता फिरच पाउन सकिन्छ ।

You might also like

Comments are closed.