काठमाडौं । रुकुमपूर्वमा हिमपात सुरु भएको छ ।
सोमबार रातिदेखिको हिमपातले लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वका डाँडाकाँडा सेताम्मे बनेका छन् ।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका माथिल्ला बस्तीहरूमा बाक्लो हिउँ जमेको छ ।
विशेषगरी सिस्ने गाउँपालिका–१, भूमे गाउँपालिका–१ र पुथा क्षेत्रका डाँडाकाँडा हिउँले ढाकिएका छन् ।




Comments are closed.