काठमाडौं । टाटाको नयाँ एसयुभी ‘सिएरा’ आगामी नोभेम्वर २५ मा लञ्च हुने भएको छ । हालको कर्भ एसयुभी भन्दा माथि राखिने अपेक्षा गरिएको यस कारले हुन्डाई क्रेटा, किया सेल्टोस र मारुति सुजुकी ग्रान्ड भिटारासँग प्रतिष्पर्धा गर्नेछ ।
सो एसयुभीमा पूर्ण–चौडाइको एलईडी लाइट बार, फ्लश–फिटिङ डोर ह्यान्डल र डुअल टोन एलोई ह्विल सहितको एलईडी हेड ल्याम्प जस्ता फिचर उपलब्ध हुनेछ । सिएराको इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, सेन्ट्रल टचस्क्रिन र प्यासेन्जर साइडमा अतिरिक्त स्क्रिन सहितको ट्रिपल–स्क्रिन लेआउट पाइनेछ ।
सो नयाँ एसयुभीमा टाटाले १.५ लिटर टर्बो–पेट्रोल र २.० लिटर डिजेल इन्जिनको विकल्प दिनसक्ने सम्भावना देखिएको छ । साथै, यसको तल्लो भेरियन्टमा १.५ लिटर क्षमताको नेचुरल्लि एस्पिरेटेड पेट्रोल इ(िन्जन जडान हुने अनुमान गरिएको छ ।









Comments are closed.