पत्रकार लामिछानेको ‘गाउँ आएको मोटरबाटो’ उपन्यास लोकार्पण

पुस्तकको आम्दानी ग्रामीण क्षेत्रमा प्राविधिक कलेज निर्माणमा खर्च गरिने

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ उपन्यासको लोकार्पण गरिएको छ । पुस्तक लोकापर्णमा मणि लोहनीले स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनालाई पुस्तकले उजागर गरेको बताए ।

“यो पुस्तकले सम्भावनालाई बोलेको छ, अहिले जहाँ गएपनि नेपाललाई गाली गर्ने, यो देशमा केही भएन भन्ने, निरासा व्यक्त गर्ने मान्छेको भीड व्याप्त छ” उनले भने,–“हरेक दिन मान्छे विदेश गइरहेका छन्, यस्तो बेलामा देशभित्रै केही छ, देशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने जुन किसिमको सम्भावनामाथि लेखकले विश्वास गरेका छन् यो किताबमा पढ्न पाइन्छ ।”

‘गाउँ आएको मोटरबाटो’ले गाउँ फर्कनुपर्छ भन्ने आभास दिलाउने नेपाल सरकारका अधिकृत जीवन आलेले बनाए । लेखकलाई अत्यन्तै उत्साही, साहासी, अरूकोभन्दा अलि भिन्न सोँच राख्ने, अलि पृथक दृष्टिकोण राख्ने व्यक्तिको रुपमा चिनेको उनी बताउँछन् ।

“करबिना अर्थतन्त्र चलायमान हुन सक्छ कि सक्दैन भन्ने कुरा सोँचनिय छ” उनले भने–“पुस्तकको कुरा गर्दा चाहिँ हामीले सिङ्गो नेपाललाई नै गाउँ भन्नुपर्ने बेला छ । नेपाल फर्कनुपर्ने, सहरमा रहनुपर्ने, सहरमा भन्दा पनि गाउँमै रहनुपर्ने यो खालको एउटा समय आएको छ । विदेशमा गएर पढेर फेरी आफ्नै देश, आफ्नै गाउँ आउनुपर्ने भन्ने एउटा सकारात्मक सन्देश यो उपन्यास मार्फत दिनुभएको छ ।”

कार्यक्रममा सहभागीले शुभकामना व्यक्त गरेका छन् । ई.दिपक कुमार साहले परिवर्तनलाई आत्मसात् गर्ने यस पुस्तकले केही महत्वपूर्ण भुमिका खेल्ने बताए । स्थानीय स्तरमा पुर्नजागरणको कथा बोकेको उपन्यासले युवालाई गाउँ फर्किएर विकासमा लाग्न प्रेरित गर्न खोजेको लेखकले बताएका छन् । पुस्तान्तरण नै रोकिएका गाउँमा पुर्नजागरणसहित विकास र समृद्धिको कुरालाई आत्मसात् गर्न पुस्तकले प्रेरित गरेको छ ।

यस पुस्तक बिक्रीबाट प्राप्त हुने आम्दानी ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिने उद्धेश्यले प्राविधिक कलेज स्थापनामा खर्च गरिने आयोजक चक्रपाणी लामिछाने प्रतिष्ठानले बताएको छ । पुस्तक लोकार्पण होटल होलिडे रिजेन्शीमा आयोजना गरिएको थियो ।

 

 

You might also like

Comments are closed.