काठमाडौं । ओमोडा एण्ड जेकोले नेपाल प्रिमियर लिग (एनपीएल) को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ ।
ओमोडा एण्ड जेकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै एनपीएलमा लगातार दोस्रो सिजन सहकार्य गरेको हो ।
कम्पनीले एनपीएल सिजन २ को ‘म्यान अफ द टुर्नामेन्ट’लाई ब्राण्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ । यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एण्ड जेकोले ‘ड्रिभन बाइ’ सहप्रायोजकको रूपमा सहकार्य गरेको थियो । ओमोडा एण्ड जेको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो ।
देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ । एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिने बताए ।
एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एण्ड जेकोले उत्साहजनक ब्राण्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउनेछ ।




Comments are closed.